Sunday, December 30, 2018

सिम्पल ग्रिड सिएसएस फ्रेमवर्क #CSS

अघिल्ला ट्युटोरियलहरुमा नोड जेस ईन्सटल गरी सास चलाई सक्नु भएको भए यो फ्रेमवर्क बुझ्न तपाईलाई सजिलो हुन्छ । यस सिएसएस फ्रेमवर्कमा तपाई आफै केही प्रपर्टिजहरु थप्न वा भएकालाई परिमार्जन पनि गर्न सक्नु हुन्छ ।

त्यो भन्दा पहिले सिम्पल ग्रिड सिएसएस (Simple Grid CSS) बारे केही जानकारी लिउँ । यो स्क्रीनलाई १२ भागमा बिभाजन गरेर जुन सुकै डिभाईसमा पनि फिट हुने गरी बनाईएको एउटा छरितो (फाईल साईज र यसको बिशेशताको आधारमा) खालको सिएसएस फ्रेमवर्क हो । बुटस्ट्राप जस्तै यस सिएसएस मा पनि कन्टेनर भित्र रो अनि रो भित्र कोलमहरु हुन सक्छन । कन्टेनरको साईज ९६० पिक्सेल रहेको छ । यसलाई आवश्यकता अनुसार थपघट गर्न सकिन्छ । यस सिएसएसमा टाईपोग्राफी भन्दा पनि ग्रिड सिस्टमलाई महत्व दिएको छ । त्यसैले ग्रिडमा आधारित ग्रिड लेआउट बनाउन यो उपयोगी देखीन्छ ।

Saturday, December 29, 2018

सास (SASS)

सास (SASS)
सास (SASS) एक सिएसएस (CSS) एक्सटेन्सन हो जसले सिएसएस (CSS) लाई पनि एक प्रोग्रामिङ्ग ल्याङ्गवेजको जस्तो काम गराउछ ।  सासको साहायताले सिसएसएस स्यान्टेक्सहरुले लेख्दा त्यसमा भेरिएबल , नेस्टेड रुल , मिनिङ्ग, ईनलाईन ईम्पोर्ट आदीको प्रयोग गर्न सकिन्छ ।

उदारणको लागी तपाई एउटा सिएसए फाईल तयार गर्दै हुनुहुन्छ र फन्ट फेमिलि हरु बिभिन्न क्लास , ईलेमेन्टहरुमा प्रयोग गर्दा एकरुपता अपनाउन जरुरी छ भने त्यसलाई भेरीएबलको रुपमा सेभ गर्न सक्नु हुन्छ । र जहाँ जुन जुन सेलेक्टर , ईलेमेन्टमा सो फन्टको आवश्यकता पर्दछ त्यहाँ त्यो फन्ट भेरिएबल प्रयोग गर्न सक्नु हुन्छ ।  ट्रेडिशनल सिएसएस मा यो सम्भव छैन त्यसैले सास को प्रयोग गरेर यस्तो गर्न सकिन्छ ।
Sunday, December 23, 2018

एनपिएम #npm

एनपिएम (npm) एउटा प्याकेज मेनेजर हो । जाभा स्क्रीप्ट डेभलपरहरुले आफ्नो प्याकेजहरुलाई सजिलो सँग अन्य प्रयोगकर्ताहरु सँग शेयर गर्न सकुन भनेर सन २००९ मा यसको स्थापना गरिएको थियो । ओपन सोर्स सप्टवेयर डेभलपरहरु आफूले बनाएका फ्रन्ट एण्ड वेब एप्लीकेशन , मोबाईल एप्लीकेशन , रोबट, राउटर लगायत अन्य सफ्टवेयरहरु अरु प्रयोगकर्ताहरु सँग बाढ्न (शेयर) गर्नको लागी एनपिएम को प्रयोग गर्दछन । ओपनसोर्स सफ्टवेयर डेभलपरहरुले ब्यक्तीगत रुपमा मात्र नभएर संस्थागत रुपमा पनि आफ्ना उत्पादनहरु भण्डारण गरेर राख्ने प्रयोजनको लागी एनपिएम को प्रयोग गर्ने गर्दछन । एनपिएम प्याकेजहरु निशुल्क रुपमा डाउनलोड गर्न पाईन्छ ।
Saturday, December 15, 2018

गिटहब ट्युटोरियल

कमान्डलाईन वा भनौ टर्मिनलमा केही फरक कमाण्डहरुले लेखेर काम गरिने भएको हुनाले हुन सक्छ धेरैलाई गिटहब धेरै नै गार्हो लाग्छ । तर केही कमाण्डहरु मात्र भए पनि सम्झीने भने गिटहब धेरैले सोचे जस्तो अप्ठेरो छैन र यसको महत्व बुझे पछी त झनै काम गर्न सजिलो र रमाईलो छ ।
यहाँ म युबुन्तुको Apache सर्भरमा रहेको www(html) भित्र रहेको डाईरेक्ट्रीमा रहेको कुनै पनि वेबसाईटको सबै फाईलहरु कसरी गिटहब मा पुस (अपलोड) गर्ने भन्ने बारेमा मैले जानेको तरिका बताउन गई रहेको छु ।