वेबहोष्टीङ्गको कुरा आउने बित्तिकै धेरै खालको होष्टीङ्गको कुरा अगाडी आउँछ । सेयर्ड होष्टिङ्ग (Shared Hosting), डेडिकेटेड होष्टीङ्ग (Dedicated Hosting) , भिपिएस होष्टीङ्ग(Virtual Private Server Hosting) आदी । भिपिएस होष्टिङ्गमा शेयर्ड होष्टीङ्गमा जस्तो एउटै सर्भरमा एक भन्दा बढी भर्चुवल सर्भर क्रियट गरीन्छ तर त्यसको रिसोर्सहरु डेडिकेटेड होष्टीङ्ग जस्तै निश्चित (भर्चुअल)सर्भरको लागी तोकिएको हुन्छ । अर्थात् त्यसको हार्डवेयर रिसोर्सहरु अर्को भर्चुवल सर्भरले शेयर गर्न पाउदैन । यसको आफ्नै अपरेटिङ्ग सिस्टम , कन्फिग्रेशन, रिसोर्सहरु हुन्छन् । कुनै एक शक्तिशाली (Resource rich) सर्भरमा एक भन्दा बढी भिपिएस सेटअप गर्न सकिन्छ ।

आजभोली प्रयोगकर्ताहरू भिपिएस सर्भरमा आकर्षित हुनुको कारण कुनै पनि भिपिएसको मेमोरी , प्रोसेसर , स्टोरेजहरु एक अर्कामा शेयर गरीदैन । ५ जिबी स्टोरेज क्षमताको भिपिएस लिनु भएको छ भने त्यसमा ५ जिबि नै स्पेश हुन्छ । एकै सर्भर भित्र भएका कुनै एक भिपिएसमा सेक्युरिटी लुपहोल देखीए पनि त्यस सर्भरमा रहको अर्को भिपिएसलाई कुनै असर गर्देन । आफ्नो ईन्छाअनुसारको अपरेटिङ्ग सिस्टम ईन्सटल गरेर आफ्नो आवश्यकता अनुकूल सेक्युरिटी ईन्भारमेन्ट तयार गर्न सकिन्छ । उदारणको लागि मलाई मेरो भिपिएसमा एफटिपी बाट डाटा अपलोड/डाउनलोड गर्नु नै छैन भने पोर्ट (Port) २१/२२ लाई बन्द गर्न सकिन्छ । यस प्रकारको भिपिएस सर्भरमा प्रयोगकर्ताको रुट एक्सेस हुन्छ । आफ्नो ईच्छा अनुसारको अपरेटिङ्ग सिस्टम ईन्सटल गर्ने देखी कुन युजरलाई के कुराको मात्र एक्सेस दिने भनेर आफै सेटअप गर्न सकिन्छ ।

यसलाई सजिलो सँग बुझ्नको लागी कुनै कोलोनिको घरलाई उदारणको रुपमा लिन सकिन्छ । सिङ्गो घर एउटा सर्भर भयो भने त्यो घरको एउटा फ्ल्याट चाहिँ त्यो सर्भरको लागी भर्चुअल सर्भर जस्तो भयो । त्यो फ्ल्याटमा बस्ने जो कसैले एउटा फ्ल्याटमा आफ्नो लागी जम्मा गरिएका साधन/सामानहरू अर्को फ्ल्याटवाला सँग शेयर गर्न पर्दैन । माथिल्लो तलामा बस्नेले केही बदमासी गर्‍यो/भौतिक क्षति पुरायो भने तल्लो तलामा बस्ने तपाईँलाई त्यसले केही असर गर्दैन किन भने त्यो घरवालाको समस्या हो ।

यसै उदारणमा अर्को कुरा पनि प्रस्ट पारौँ । मानी लिउ एउटा फ्ल्याटमा कोठै पिच्छे परिवार बस्छ भने त्यो शेयर्ड होस्टीङ्ग भयो । ५ कोठा भएको फ्ल्याटमा कोही आएनन् भने ट्वाईलेट बाथरुम जसरी जति चलाए पनि भो तर ५ वटै कोठामा भाडावाल छन् र कुनै एउटा भाडावालले भए भरमा उसका मान्छे बोलाएर हल्ला गर्दियो भने अन्यलाई डिस्टर्ब हुन्छ । ट्वाईलेट बाथरुममा प्रयोगमा असहजता उत्पन्न हुन्छ । वेबहोष्टीङ्ग मार्केटमा धेरै सस्तो दरमा पाइने चलनचल्तीको सिप्यानल / डब्लुएचएम सर्भर (रिसेलर) यसै शेयर्ड होष्टिङ्गको उदारण हो ।

शेयर्ड वेबस्पेशले काम चली रहको छ भने किन चाहियो भिपिएस ??

मानी लिनुस् तपाईँलाई कुनै स्पेशिफिक वेब एप्लीकेशन होष्ट गर्नु पर्ने छ जुन चाही उदारणको लागि युबुन्तु अपरेटिङ्ग सिस्टममा मात्र चल्छ । यस्तोमा तपाई युबुन्तु लाई अपरेटिङ्ग सिस्टम रोजेर भिपिएस सेटअप गर्न सक्नु हुन्छ । सस्तोमस्तो पाइने सिप्यानल वेब स्पेश (शेयर्ड वेब स्पेश) साधरणतय सेन्टओएस ईन्सटल गरीएको हुन्छ । भिपिएस नै आवश्यकता पर्ने अन्य कारणहरु पनि हुन्छ जस्तो कि - सर्भरको स्पीड सदैभरि एकनासको होस । सर्भरको लोड बढेको बेला अतिरिक्त मेमोरी , प्रोसेसर थप्न सकियोस् । तपाईँको वेबसाइटको लोकप्रियता सँगै सुरक्षा चुनौती बढेको अवस्थामा पनि भिपिएस को आवश्यकता पर्दछ ।

सामान्यता धेरै ब्यान्डविथ/सर्भरको हार्डवेयर रिसोर्सहरु प्रयोग हुने वेबसाईटहरुको लागी भिपिएस सर्भर उपयुक्त हुन्छ । यसको मूल्य शेयर्ड होस्टीङ्ग भन्दा बढी पर्दछ । तर महँगो भन्दैमा त्यति धेरै महँगो पनि हुँदैन । यसमा उपलब्ध स्केलिबिलिटिका कारण फरक पनि हुन्छ सक्दछ । यसको सञ्चालन अन्य शेयर्ड होस्टिङ्ग भन्दा फरक हुन्छ । यसको लागी कम्तीमा लिनक्स अपरेरिङ्ग सिस्टम सम्बन्धी साधरण ज्ञान हुन जरुरी छ । यद्यपि इन्टरनेटमा सर्च गर्दा लगभग सबै खालको समस्याहरू समाधान गर्न सकिन्छ । भिसिएस सर्भरहरु पनि मेनेज्ड र अनमेनज्ड गरी दुई खालको फिचर सहित उपल्बध हुन्छ । अनमेनेज्ड सर्भरमा अपरेटिङ्ग सिस्टम मात्र ईन्सटल गरीएको हुन्छ । त्यसको सेक्युरिटी , वेब सर्भर आदी आफै सेटअप गर्नुपर्दछ । मेनेज्ड सर्भरमा यो काम सर्भरवालाहरूले गरेर दिन्छ तर त्यसको मूल्य अलि बढी पर्दछ ।

प्रो टिप्स : वेब होष्टीङ्ग मार्केटमा ४,५ डलरमै सस्तो मस्त भिपिएस स्पेशहरु पाइन्छ । अनम्यानेज्ड भिपिएसहरु सबै तपाईँले नै कन्फ्रीगेसन/सेटअप गर्नु पर्ने हो । त्यो त ठिकै छ , त्यतीकुरा बुझेरै लिइन्छ तर कहिले काँही कुनै काम गर्दा गर्दै कारणवश यस्तो अवस्थामा पुगिन्छ कि त्यस बेला सर्भरवालाको शरण नपरी हुन्न । म आफैले पनि एक चोटि कुनै एक साइटको फायरवाल सेट गर्दा झुक्किएर पोर्ट ८० र ४४३ ब्लक गरेछु । त्यसपछी साईट चल्न छोड्यो । त्यसपछी भए भरको उपया लगाए । गुगल गरे । केही सिप लागेन । बल्ल बल्ल सर्भरवालाले त्यो पोर्ट अनब्लक गर्दियो अनि समस्या सामाधान भो । त्यसैले भिपिएस चलाउने हो भने गुगल गरेर सर्भर कन्फीगर/सेटअप गर्दा म के गर्दै छु त्यती सम्म बुझ्न सक्ने हुन पर्दछ । picture alt सम्भवत सस्तो भनेर सबै भन्दा धेरैले प्रयोग गर्ने डिजिटल ओसन सँग मेरो नराम्रो अनुभव छ । यसको हेल्प/सपोर्ट भनेर कम्युनिटि ट्युटोरियल , फोरम आदी छ आफुलाई परेको समस्या स्वयम डिजिटलवालाहरुले हम्मेसि रेसपोन्स गर्दैनन् । त्यसै भएर मैल एक पटक एउटा साइटको डाटा गुमाएको छु । यद्यपि डिजिटल ओसन सुरुवाती चरणमा धेरै राम्रो थियो । अहिले डिजिटल ओसन वलाहरु सँग ४,५ लाख ग्राहकहरु होलान , यस्तोमा १०० डलरमा को कारोबार गरेको ग्राहकलाई कति सम्मको सहयोग गर्ने ?? एकै खाएको सर्भर कुनै होष्टकोमा सस्तो कुनैकोमा महङ्गो पर्नुको कारण सपोर्ट पनि हो