भिपिएनको पुरा रुप भर्चुवल प्राईभेट नेटवर्क (Virtual Private Network) हो । यसले ईन्टरनेट प्रयोगकर्ता र सर्भरबिच डाटा आदान प्रदान हुदाँ डाटालाई ईन्क्रिफ्ट गर्ने काम गर्दछ साथै यसले प्रयोगकर्ताको वास्तविक आईपिएड्रेस लुकाई दिने काम पनि गर्दछ । आफ्नो परिचय लुकाएर ईन्टरनेटको माध्ययम बाट कुनै वेबसाईट वा एप्लीकेशनहरुको प्रयोग गर्नु पर्दा भिपिएनको प्रयोग गरीन्छ । नेपालमा भिपिएनको प्रयोग गरेर वेब एप्लीकेशन हेर्नु पर्ने अवश्था नभए पनि कतिपय देशमा यसको प्रयोग अनिवार्य जस्तै देखीन्छ । उदारणको लागी छिमेकी देश चिनमा भिपिएनको प्रयोगले मात्र फेसबुक , ट्वीटर जस्ता सामाजिक सञ्जाल प्रयोग सम्भव छ भने भारतमा कतिपय बैकले ईन्टरनेट बैङ्किङ्गको प्रयोग भारतबाट मात्र सहज रुपले गर्न मिल्ने बनाएको हुनाले अर्को देशबाट आफ्नो बैकको ईन्टरनेट बैङ्किग सेवा प्रयोग गर्न परे भिपिएनको प्रयोग गर्नु पर्दछ । साधरणतय प्रयोगकर्ताहरुले आफ्नो ब्राउजिङ्ग गतिबिधीलाई कतै बाट मनिटरिङ्ग गर्न नसकियोस भन्नाको खातिर भिपिएनको प्रयोग गर्ने गर्दछन ।

उदारणको लागी कुनै एउटा ठुलो कम्पनीको मालिकले बाहिर कतै गएर आफ्नो अफिसको नेटवर्कभित्र छिरेर हिसाब किताब देखी अन्य गतिबिधी मोनिटरीङ्ग गर्यो भने बिना भिपिएन उसले कुन नेटवर्कमा बसेर काम गर्यो , कुन वेबसाईट खोल्यो,के के कुरा एक्सेस गर्यो र अझ कतिपय अवश्थामा पासवर्डहरु समेत लिक हुन सक्दछ । अझ कुनै नेटवर्क बाहिर देशबाट एक्सेस गर्न खोज्यो भने रोक्ने पनि हुन सक्दछ । यस्तो अवस्थामा भिपिएन उपयोगी हुन्छ । भिपिएनले प्रयोगकर्ताले ब्राउज गरेको डाटा एक्सेस गर्ने मात्र हैन आफुले ईच्छाएको लोकेशनबाट डाटा एक्सेस गर्ने सुबिधा प्रदान गर्दछ । भिपिएनको प्रयोग गरेपछी ईन्टरनेट सर्भिस प्रोभाईडरले प्रयोगकर्ताले भिपिएनमा प्रयोग भएको आईपी एड्रेसमा ब्राउजिङ्ग भै रहेको देखीन्छ भने त्यस भिपिएनको प्रयोग गरेर खोलीएको कुनै पनि वेबसाईटको फुटप्रिन्ट देखीदैन ।

भैगोलिक रुपमा प्रतिबन्ध लगाएका वा निश्चीत भुगोललाई आधार मानेर सञ्चालन भएका वेबसाईटहरु एक्सेस गर्नको लागि पनि भिपिएनको प्रयोग गर्न सकिन्छ । उदारणको लागी गुगलको युट्युब म्युजिक नेपालमा चल्दैन तर भारतमा चल्छ यस्तोमा भिपिएनको प्रयोग गरेर नेपालबाटै युट्युब म्युजिक चलाउन सकिन्छ ।

भिपिएन प्रयोगका फाईदाहरु

  • भिपिएनको प्रयोगले आफ्नो अनलाईन आईडेन्टीटी लुकाउन सकिन्छ ।
  • भिपिएको साहायताले कुनै भुगोल विषेशलाई लक्ष्यित गरी गरिएको ब्लक (जिओ ब्लकिङ्ग) बाईपास गर्न सकिन्छ ।
  • भिपिएनको प्रयोगले ईन्टरनेट प्रयोगगर्दा हुन सक्ने डाटाको चोरी रोक्ने काम गर्दछ ।
  • भिपिएनको प्रयोगले कुनै नेटवर्क भित्र प्रतिबन्ध लगाईएका वेबसाईटहरु एक्सेस गर्न सकिन्छ ।
  • भिपिएनको प्रयोगले प्रयोगकर्ताले कुन वेबसाईटमा के काम गरी रहेको थाहा नपाउने हुनाले आईएसपीहरुले ब्याण्डविध खपतमा हुने उतारचढाब नियन्त्रण गर्न सक्दैन ।
  • भिपिएनको प्रयोगले ईकमर्स वेबसाईटहरुले स्थान बिषेशलाई लक्ष्यित गरी दिने छुटहरु प्रयोग गर्न सकिन्छ । आदी ।
केही भिपिएन वेबसाईटहरु : नोर्ड भिपिएन, एक्सप्रेस भिपिएन, सर्फसार्क, आदी