मेरो बारेमा भन्नु पर्ने खासै केही छैन । यो वेबसाइट गिटहबमा होस्ट गरिएको छ । यसलाई स्टाटिक साइट जेनरेटर jekyllrb.com प्रयोग गरी तयार गरिएको हो । म ब्लग चलाउन खोज्ने चाहिँ मान्छे चाहिँ हु तर नियमित चलाउन सक्ने खालको मान्छे हैन । सम्भवतः २००५/६ देखी चलाई रहेको मेरो एउटा ब्लग मैले २०१६ देखी चलाउन छोडे । चलाउन छोडे भनेर साइट बन्द गरेको हैन । साइट चल्छ तर नयाँ कन्टेन्ट हुँदैन ।

यसलाई चाहिँ केही राम्रै गरुम भन्ने छ । खासमा मलाई मेरो पुराना ब्लगिङ्ग प्लेटफर्महरू मन नपरेर पनि चलाउन छोडेको हो । सबैले वर्ड प्रेसमा ब्लग चलाए पनि मलाई यसमा खासै रुचि लागेन । मलाई वेब स्पेसको खाँचो त हुन्न तर आफ्नै सर्भरमा पनि वर्ड प्रेस साइट होस्ट गर्ने झन्झट , अनि घरी घरीको वर्ड प्रेसको अपडेट, झ्याउ लाग्छ मलाई । त्यसैले मैले मेरो ब्लगहरू कहिले पनि वर्ड प्रेसमा चलाइन । ब्लगरमा चलाइन्थ्यो तर त्यसको पनि एडमिन ड्यासबोर्ड हेर्दा हेर्दा दिक्क लाग्न थाल्यो । अनि त्यो पनि चलाउन छोडियो ।

यो साइट चाहिँ अलि नियमित गर्छु झैँ छ । यो साइट गिटहब पेजमा होस्ट गरिएको छ । jekyll स्टाटिक साइट जेनरेटर प्रयोग गरेर कन्टेन्ट पोस्ट गरिन्छ । यसको लागी गिटहब चलाउनै पर्यो । यसले मलाई गिटहब को नियमित र गहिराई मा पुगेर चलाउन सिकाउने छ भन्ने आस लिएको छु ।