एनपिएम (npm) एउटा प्याकेज मेनेजर हो । जाभा स्क्रीप्ट डेभलपरहरुले आफ्नो प्याकेजहरुलाई सजिलो सँग अन्य प्रयोगकर्ताहरु सँग शेयर गर्न सकुन भनेर सन २००९ मा यसको स्थापना गरिएको थियो । ओपन सोर्स सप्टवेयर डेभलपरहरु आफूले बनाएका फ्रन्ट एण्ड वेब एप्लीकेशन , मोबाईल एप्लीकेशन , रोबट, राउटर लगायत अन्य सफ्टवेयरहरु अरु प्रयोगकर्ताहरु सँग बाढ्न (शेयर) गर्नको लागी एनपिएम को प्रयोग गर्दछन । ओपनसोर्स सफ्टवेयर डेभलपरहरुले ब्यक्तीगत रुपमा मात्र नभएर संस्थागत रुपमा पनि आफ्ना उत्पादनहरु भण्डारण गरेर राख्ने प्रयोजनको लागी एनपिएम को प्रयोग गर्ने गर्दछन । एनपिएम प्याकेजहरु निशुल्क रुपमा डाउनलोड गर्न पाईन्छ ।


सरलरुपमा भन्दा पर्दा कुनै डेभलपर ले आफुले बनाएको सफ्टवेयर अरुले पनि निशुल्क प्रयोग गरुन भन्ने उद्देश्यले प्रयोग भएको सफ्टवेयर रजिष्ट्रीलाई एनपिएम भन्दाछन । उदारणको लागी एङ्गुलर जेएस (AngularJS) को डेभलपरले आफ्नो सफ्टवेयर अरु प्रयोगकर्ताले सहजरुपमा प्रयोग गरुन भनेर एनपिएम (npm) नामक पब्लीक रजिष्ट्रीमा अपलोड गर्ने गर्दछन । जब एङ्गुलर जेएस का डेभलपरले आफ्नो सफ्टवेयरमा कुनै पनि प्रकारको फेरवदल गर्दछन त्यो फेरबदल एनपिएम मार्फत प्रयोगकर्ताको पनि पुग्दछ ।

को-फाउन्डर लाउरीए भोसले एनपिएम को अफिसियल ब्लगमा उल्लेख गरे अनुसार हाल एनपिएम मा १ करोड को हाराहारीमा प्रयोगकर्ताहरु दर्ता भएका छन भनेर मासिक ३ करोडको हाराहारीमा बिभिन्न प्याकेजहरु डाउनलोड गर्ने गर्दछन ।

एनपिएम को प्रयोग कसरी गर्ने ?

एनपिएम नोड डट जेएस (node.js) सँगै ईन्सटल हुने गर्दछ । अब नोडजेएस नै ईन्सटल गर्नको लागी भने अपरेटिङ्ग सिस्टम अनुसारको प्याकेज डाउनलोड गर्न सकिन्छ । उदारणको लागी विन्डोजमा नोड जेएस ईन्सटल गर्ने हो भने त्यसैको अफिसियल वेबसाईटबाट ईन्सटलर फाईल डाउनलोड गर्न सकिन्छ । यस ईन्सटलर फाईल ईन्सटल गरे पछी एनपिएमका बिभिन्न प्याकेजहरु कमाण्ड लाईन ईन्टरफेस (CLI)  मार्फत डाउनलोड गर्न सकिन्छ ।

एनपिएम को प्रयोग किन गर्ने ?

आफ्नो सफ्टवेयर प्याकेज शेयर गर्ने सन्दर्भमा एनपिएमको सबै भन्दा राम्रो पक्ष भनेको यसले डिपेन्डेन्सी प्याकेजहरु आफै मेनेज गर्ने गर्दछन । उदारणको लागी प्रयोगकर्ताले बुटस्ट्राप डाउनलोड गर्न चाहेको भए त्यस सँगै बुटस्ट्राप जेएस (bootstrapjs) र  बुटस्ट्राप जेएस को लागि नभै नहुने जेक्वाईरी (jQuery) पनि एकै साथ साथै डाउनलोड गर्ने गर्दछ । स्मरण रहोस , बुटस्ट्रापको सबै क्लासहरुले सही तरिकाले काम गर्नको लागि बुटस्ट्राप जेएस साथै हुन पर्दछन भने बुटस्ट्राप जेएसको लागि जेक्वाईरी नभई हुदैन । अनि एनपिएम बाट बुटस्ट्राप डाउनलोड गर्ने हो भने बुटस्ट्राप सिएसएस , बुटस्ट्राप जेएस र जेक्वाईरी आफै डाउनलोड हुने गर्दछन ।

एनपिएम प्याकेज कसरि ईन्सटल गर्ने  ?

नोडजेएस ईन्सटलर ईन्सटल भई सकेपछी त्यस सँगै कमाण्ड लाईन ईन्सटरफेस (CLI) पनि ईन्सटल भएको हुन्छ । त्यही सिएलआई मा गएर तल दिएको कमाण्ड प्रयोग गर्दा दिएको प्याकेज दिएको लोकेशनमा डाउनलोड हुने गर्दछ ,
C:\>npm install  
माथी दिएको कमाण्डले C ड्राईभमा भन्नाले कुनै पनि प्याकेज जस्तो angular, bootstrap आदी डाउनलोड गर्ने गर्दछ । उदारण
C:\>npm install bootstrap