क्लाउड बेष्ड आईडि

क्लाउड बेष्ड आईडि (Cloud bases IDE) को साहायताले प्रयोगकर्ताले कुनै पनि वेब प्रोजेक्टमा कोड थप्न , परिमार्जन गर्न , हटाउन र त्यही कोडलाई सहकर्मी सँग सहकार्य गर्न सहज बनाऊ छ ।

मानी लिनुस् तपाई सँग वेबसाइट बनाउँदा प्रयोग गर्ने गरेको कम्प्युटर साथमा छैन रे तर तपाईँले जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ कसैगरी इन्टरनेटको जुगाड लगाएर कुनै पेजको कोडिङ अपडेट गर्नु पर्ने भयो रे ! यस्तो बेलामा तपाई के गर्नु हुन्छ ?? तपाईँलाई ठ्याक्क यस्तो समस्या नपर्न सक्छ वा यो भन्दा पनि अप्ठेरो समस्या पर्न सक्छ यो त मैले एउटा उदाहरण दिएको मात्र हो । यस्तो बेलामा कोडएनिह्वेयर डट कम जस्तै क्लाउड बेष्ड आईडिई वेब एप्लीकेशहरु साह्रै उपयोगी भएर तपाईँको काम सजिलो पार्दिन्छन । यसमा एफटिपि होस वा एसएफटिपी (एसएसएच) एक्सेस थाहा भएका वेबसाईटहरुलाई यस वेबसाइट मार्फत कनेक्ट गर्न सकिन्छ अनि त्यसलाई भिएस कोडएडीटर जस्तै अनलाईन वेब प्लेटफर्म मार्फत एटिट गर्न , नयाँ फाइल थप्न , कुनै फोल्डर बनाउन डिलिट गर्न सकिन्छ । यस वेबसाइटको प्याकेज अनुसार तपाईँले आफ्ना वेबसाईटरहरुलाई लिङ्क गर्न सक्नु हुन्छ अनि एउटै लगहीनबाट सबै साइटमा कोडिङ गर्न सक्नु हुन्छ ।

यो लिङ्कमा क्लिक गरेर कोडएनिह्वेयर डट कम को प्रिमियम एकाउन्ट साईनअप गर्नु भो भने तपाईले १५ डलर बराबरको सेवा निशुल्क पाउनु हुन्छ ।

कोड ब्युटीफायर

कुनै पनि डेभलपरले लेखेको कोडलाई पढ्न बुझ्न / सजिलो होस भनी स्ट्याण्डर्ड कोडिङ फर्म्याटमा परिमार्जन गर्ने कामलाई कोड ब्युटी फाई भनिन्छ । एचटीएमएल देखी पिएचपी सम्म लगभग सबै जसो प्रोग्रामहरूको अनलाईन कोड ब्युटीफायरहरु भेट्न सकिन्छ । यस्ता अनलाईन टुल्सले मूलतः स्क्रिप्टको ईन्डेन्सन मिलाई दिने, ह्वाईटस्पेशन हटाउने थप्ने, कोडको बिचमा नयाँ लाईन थप्ने हटाउने, ब्लाङ्गकलिङ्कहरु थप्ने वा हटाउने, कोडको अलाईनमेन्ट मिलाउने आदी काम गर्छ । जसले गर्दा जो कसैले लेखेको कोड बुझ्न सकिन्छ । कुनै प्रोजेक्टमा एक भन्दा बढी डेभलपरहरु काम गर्दैछन र एक ले लेखेको कोड अर्कोले बुझ्न जरुरी छ भने त यस्ता कोड ब्युटीफायरहरु अत्यावश्यक नै हुन्छन् ।

प्रो टिप्स : इन्टरनेटमा भेटिने सबै कोड ब्युटीफायरहरुले सही तरिकाले काम गर्छ भन्ने ग्यारेन्टी छैन त्यसैले आफूले लेखेको कोड ब्युटी फाई गर्नु अगाडी त्यसको ब्याक अप लिन नबिर्सनु होला र ब्युटी फाई गरी सकेपछि पनि त्यो कोडले ब्युटी फाई गर्नु अगाडिको जस्तो काम गर्छ गर्दैन निर्क्योल गर्नु होला ।

उदारण : फ्रिफरम्याटर , कन्ट्रोलक्यु ब्युटीफायर , पिएचपी फर्म्याटर

कलर कम्बीनेशन

कम्प्लीमेन्ट्री कलर्स , स्पिल्ट कम्प्लीमेन्ट्री कलर्स , एनालोगस कलर्स , ट्रियाडिक कलर्स , डबल कम्प्लीमेन्ट्री कलर्स आदी कलर कम्बीनेशनको रुल्स हुने रहेछ । यि रुलहरु चाँही मुलत: कुनै एक कलर रोज्ने हो भने त्यस कलर सँग मिल्ने अरु कलरहरु कुन कुन हुन सक्छन भनेर सैदान्तिक रुपमा रोजिएको कलर देखाई दिने रहेछन । कुनै एक कलर रोजेर त्यो सँग मिल्ने अरु कलर कुन कुन हुन सक्छन भनेर भन्नु सबैको बसको कुरा हुन्न । यस्तोमा अनलाई टुल्सहरुको प्रयोग गर्न सकिन्छ ।

उदारण : कलर्स लभर्स , एडोबि कलर्स , कलर्स डट को , कलरहन्ट , प्लेटन , कलर्स हेक्स , माई कलर डट स्पेस

मेटाट्याग

कुनै बेला एसईओ स्ट्रङ्ग बनाउन मेटाट्याग ठिक हुन पर्छ भनिन्थ्यो । अहिले सोसल मिडियामा साईट शेयर गर्नको लागी मेटा ट्याग ठिक हुन पर्छ भन्न थालिइको छ । हुन पनि फेसबुक मा शेयर गर्नको लागी छुट्टै खालको मेटा ट्याग प्रपर्टि डिफाईन गर्न पर्छ भने ट्वीटरमा राम्रो सँग शेयर गर्नको लागी छुट्टै खालको मेटा ट्याग डिफाईन गर्न पर्दछ । गुगलको लागी गर्न पर्ने काम त छदैछ ।

उदारण : मेटा ट्याग्स , गुगल मेटाट्याग टेस्टीङ्ग टुल्स , ट्वीटर कार्ड भ्यालिडेटर , फेसबुक मेटाट्याग डिबगर